बैशाख ०७, २०८१, शुक्रबार
               

म्यानचेस्टर युनाईटेडको सानदार जित

नेपाल फ्ल्यास
बैशाख १७, २०७८

ADVERTISEMENT

युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले सानदार जित निकालेको छ ।

घरेलु मैदानमा बिहीबारराति सम्पन्न पहिलो लेगमा युनाईटेडले रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, १५ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा ल्याए ।

३४ औं मिनेटमा डेज्कोले गोल गरेपछि पहिलो हाफमा रोमा २-१ ले अघि रह्यो । खेलको ४८ औं मिनेटमा काभानीले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए । ६४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-२ को अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गरेपछि युनाईटेड ४-२ ले अघि रह्यो । ७५ औं मिनेटमा पोग्बाले गोल गरेपछि युनाईटेडले ५-२ को अग्रता बनायो ।

त्यसपछि खेलको ८६ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई ६-२ को सानदार जित दिलाए । यस जितले युनाईटेडलाई दोस्रो लेगमा सहज हुनेछ । रोमालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । रोमाको मैदानमा हुने दोस्रो लेग मे ७ मा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि