बैशाख ०८, २०८१, शनिबार
               

ललितपुर र धनगढी बीचको खेल बराबरी

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढी र ललितपुरले १-१ गोलको बराबरी खेलेका छन् ।

पहिलो हाफ बिना गोल सकिएकाे खेलकाे खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई १-० को अग्रता दिलाए । ललितपुरका खेलाडीलाई लाग्दै आएको बलमा अनमार्क रहेका ओलावाले हेड मार्फत सहजै गोल गरे ।

तर, खेलको ७९ औं मिनेटमा रन्जन विष्टले गोल गर्दै ललितपुरलाई १-१ गोलको बराबरीमा ल्याए । सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रन्जनको प्रहार धनगढीका दिनेश राजवंशीलाई लाग्दै गोलमा परिणत भएको थियो ।खेलमा धनगढीका दिनेश राजवंशी प्लेयर अफ दि म्याच चुनिए । ललितपुरका निरज बस्नेत चुनिए । 


कस्तो लाग्यो ?

यो पनि