बैशाख १४, २०८१, शुक्रबार
               

कोरोना महामारीकै कारण एनएसएल रोकिँदैन : खेलकुदमन्त्री

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइजी फुटबल नेपाल सुपर लिग (एनएसएल) कोरोना महामारीकै कारण नरोकिने भएको छ ।

बिहीबारदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिए पनि लिगका बाँकि खेलहरुले निरन्तरता पाउने खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए ।

उनले स्वास्थ्य मापदण्ड अपनाएर मात्र प्रतियोगिता गराइने बताए । ‘प्रतियोगिता रोकिँदैन । स्वास्थ्य सुरक्षाका साथ प्रतियोगितालाई निरन्तरता दिने कुरा भएको छ,’ मन्त्री तामाङले भने । 

वैशाख ११ गतेबाट सुरु भएको प्रतियोगितामा पाँच खेल भइसकेका छन्, जसमा फ्रेन्चाइजी टोली सहभागी छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता जारी छ । कोरोनाका कारण दर्शकको उपस्थितिविना खेल गराइएको छ ।


कस्तो लाग्यो ?

यो पनि