जेठ ०६, २०८१, आइतबार
               

विदेशी क्रिकेट खेलाडीहरु आइपीएल छाडेर धमाधम आफ्नै देश फर्किँदै

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौं । दोस्रो चरण कोरोनाको महामारी फैलिएपछि इण्डियन प्रिमियर लिगअन्तर्गत आइपीएल क्रिकेट खेल्न भारत पुगेका विदेशी खेलाडीहरू धमाधम आफ्नै देश फर्किन थालेका छन् ।

पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर चरम सीमामा पुगेको कारण केही खेलाडीहरु खेल छाडेर आफ्नो देश फर्किन थालेका हुन् । आइपीएल छाड्ने अष्ट्रेलियन खेलाडीहरुमा रोयल च्यालेन्जर्स बेंगलोरका एडम जाम्पा, केन रिचार्डसन र राजस्थानका एन्ड्र्यु टाइ रहेका छन् ।

 भारतीय खेलाडी दिल्लीका रविचन्द्रन अश्विनले पारिवारिक कारण देखाउँदै खेल छाडेका छन् ।  उनले आफ्नो परिवार कोरोनाले जुधिरहेको भन्दै खेल छाडेको घोषणा गरेका हुन् । प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरको भीडन्त हुँदै छ । 


कस्तो लाग्यो ?

यो पनि