बैशाख १४, २०८१, शुक्रबार
               

नेपाल सुपर लिग : ललितपुर र चितवनको बराबरी

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी खेलेका छन् ।

सोमबार भएको खेलमा ललितपुर र चितवनले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्  । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरुवाती अग्रता जोगाउन नसक्दा ललितपुरले चितवनसँग बराबरी खेलेको हो ।

ललितपुरका लागि कमल श्रेष्ठले गोल गरे । चितवनका अमित तामाङले बराबरी गोल फर्काए । खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा चितवनले पेनाल्टी प्राप्त गर्यो । जसमा अमित तामाङले सहजै गोल गरे ।


कस्तो लाग्यो ?

यो पनि