बैशाख १४, २०८१, शुक्रबार
               

नेपाल सुपर लिग : ललितपुर र चितवन भिड्दै

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुर र चितवनबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

उद्घाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग पराजित भएकाे थियो । चितवन भने प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासको कप्तानीमा चितवन मैदान उत्रने छ ।

राउण्ड रोबिनको आधारमा हुने लिगमा कूल २५ खेल हुनेछ । विजेताले ३५ लाख पाउनेछ । 


कस्तो लाग्यो ?

यो पनि