बैशाख १४, २०८१, शुक्रबार
               

शीर्षस्थानको एट्लेटिको पराजित

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड पराजित भएकाे छ । एट्लेटिको म्याड्रिड एथलेटिको बिल्वाओसँग २–१ ले पराजित भएको हो । 

सान मामेस बार्रिया बिल्वाओमा आइतबार राति भएको खेल ८ औं मिनेटमा नै एलेक्स बेरेनगुएरको गोलबाट बिल्वाओले अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ७७औं मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्कायो । तर, शीर्षस्थानको एट्लेटिकोको त्यो बराबरी लामो समय टिकेन । ८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्वाओलाई २–१ को जित दिलाउँदा एट्लेटिको पराजित भएकाे हाे । 

एट्लेटिकोको हारसँगै ला लिगाको उपाधि होड थप रोमाञ्चक र खुल्ला बनेको छ । हारपछि एट्लेटिकोको ३३ खेलबाट ७३ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७१ अंक छ । समान ७१ अंक भए पनि एक खेल कम खेलेको बार्सिलोना हेड टु हेडमा तेस्रो स्थानमा रहँदा सेभिया ७० अंक जोडेर शीर्ष चारमा रहँदै उपाधि होड जीवितै राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि