जेठ ०७, २०८१, सोमबार
               

बराबरीमा रोकियो रियल म्याड्रिड

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । रियल घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा बल पोसेसन राखे पनि रियलले फिनिसिङ गर्न चुक्दा बराबरीमा रोकिएकाे हाे । 

यस बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा दोस्रो स्थानमा यथावत छ । रियलको ३३ खेलबाट ७१ अंक छ । एक खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ अंक छ । बेटिस ३३ खेलबाट ५० अंक जोडेर छैटौ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि