जेठ ०७, २०८१, सोमबार
               

नेपाल सुपर लिग : आज दुई खेल हुँदै

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

नेपाल सुपर लिग (एनएसएल) फुटबलअन्तर्गत आज दुई खेल हुँदैछ । आइतबार विराटनगर एफसी र धनगढी तथा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने पहिलो खेलमा विराटनगर र धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।  यस्तै अपराह्न साढे ५ बजे हुने अर्को खेलमा पोखरा र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।  लिगमा दुवै टोलीले आज पहिलो खेल खेल्दै छन् । आजको खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । 

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख पाउने छन् । उपविजेताले १५ लाख पाउने छन् ।


कस्तो लाग्यो ?

यो पनि