जेठ ०७, २०८१, सोमबार
               

नेपाल सुपर लिग : काठमाडौं रेजर्स विजयी

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपालकै पहिलो फ्रेन्चाई लिग नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ओलुमोउले गोल गरेका थिए । 

खेलको ६६ औं मिनेटमा ओलुमोउले गोल गरेका हुन् । जुन गोल खेलको निर्णायक गोल बन्यो । पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट स्टेफनको कडा प्रहार ललितपुरका गोलकिपर अर्पणले पन्च गर्दै बाहिर पठाएको बललाई ओलुमोउले वान टचमा गोल गरेका हुन् ।

यस्तै खेलको इन्जुरी समयको अन्तिम मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट ललितपुरका कप्तान अन्जन विष्टको कडा प्रहार काठमाडौंका विकेश कुथुले बचाए ।

खेलको प्लेयर अफ दि म्याच काठमाडौंका संजोक राई चुनिए । उनले २५ हजार प्राप्त गरे । यस्तै प्रोमोसिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।


कस्तो लाग्यो ?

यो पनि