बैशाख २३, २०८१, आइतबार
               

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार कीर्तिपुरमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराउँदै सो उपाधि हात पारेको हो । यो उपाधि नेपालले  करिब ११ वर्षपछि हात पारेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा विकेट गुमाउँदै दुई सय रन बनाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दुई कुशल (कुशल भुर्तेल र कुशल मल्ल) र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । यसअघि नेपालले यही सिरिजमा दुई पटक २०० रन कटाएको थियो भने १३औँ सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाएका थिए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहेका थिए । 

यो पनि