जेठ ०७, २०८१, सोमबार
               

जितसँगै एथ्लेटिकाे शीर्षस्थानमा

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

एसडी हुएस्कामाथि सहज जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा पुन: उक्लिएको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलको ३९औं मिनेटमा एन्जलले मार्काेस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई १–० ले अघि बढाए ।

८०औं मिनेटमा लोरेन्टेकै पासमा यान्निक कारास्कोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । एट्लेटिकोले शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ३ अंकले पछि पार्दै शीर्षस्थानमा फर्किएको हो । एट्लेटिकोको ३२ खेलबाट ७३ तथा समान खेलबाटै रियलको ७० अंक छ ।


कस्तो लाग्यो ?

यो पनि