बैशाख १३, २०८१, बिहीबार
               

एट्लेटिको र  रियल बेटिसकाे खेल बराबरीमा रोकियो

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा रियल बेटिससँग बराबरीमा रोकिएको छ ।

बेनिटो भिल्लामारिन सेभियामा आइतबार राति भएको खेलमा एट्लेटिको रियल बेटिससँग १–१ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो ।

खेलको ५औं मिनेटमा यान्निक कारास्कोको गोलबाट एट्लेटिको म्याड्रिडले अग्रता लिएको थियो । तर, २०औं मिनेटमा क्रिस्टियन टेलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलेक्स मोरेनोको पासमा गोल गरेका थिए ।

यो बराबरीसँगै ला लिगाको उपाधि होड खुल्ला रहँदा एट्लेटिकोको ३० खेलबाट ६७ अंक रहेको छ । समान खेलबाट रियल म्याड्रिडको ६६ अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६५ अंक छ ।


कस्तो लाग्यो ?

यो पनि