चैत १६, २०८०, शुक्रबार
               

आहा रारा गोल्डकपको उपाधि संकटाले जित्यो

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

१९ औं आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेल बराबरीमा रोकिएपछि निर्णय टाइब्रेकरमा भएकाे थियो । 

टाइब्रेकरमा अफ्रिकन रूट्स एसोसिएसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो पटक उपाधि जितेकाे हाे । । संकटाका लागि अमित तामाङ, सुवास गुरूङ, नीरज बस्नेत र आयुष घलानले गोल गरे । अफ्रिकन रूट्सका के यानिक र रिमले मात्रै गोल गरे ।

निर्धारित समयमा १-१ को बराबरी पछि अतिरिक्त ३० मिनेट समय थपिएप नि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि