चैत १६, २०८०, शुक्रबार
               

उल्भ्सको साँघुरो जित

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले साँघुरो जित निकालेको छ । शुक्रबारराति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

क्राभेन कटेजमा शुक्रबार राति भएको खेलमा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका सुवर्ण अवसर खेर फाल्दा खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बने पनि गोल हुन खेलकाे इन्जुरी समय नै पर्खिनुपर्‍यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा विलियन जोसले गोल गरेपनि उनको गोलले मान्यता नपाउँदा वल्भ्स अग्रता लिनबाट चुक्यो ।

फुलहमको मैदानमा खेलको इन्जुरी समयमा ट्राओरेले निर्णायक गोल गरेका हुन् । उनले फावियो सिल्भाको पासमा गोल गरेका थिए । जितसँगै उल्भ्स ३१ खेलबाट ३८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि