जेठ ०५, २०८१, शनिबार
               

जितसँगै रियल दोस्रो स्थानमा उक्लियो

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित दर्ता गरेकाे छ । रियलले इबरलाई २–० ले पराजित गरेको हाे ।

खेलको ४१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए ।

जितपछि बार्सिलोनालाई पछि पार्दै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएकाे छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको भन्दा रियलको ३ अंक कम छ । २९ खेलमा रियलको ६३ अंक पुगेको छ । एट्लेटिको ६६ र बार्सिलोनाको ६२ अंक छ ।


कस्तो लाग्यो ?

यो पनि