जेठ ०५, २०८१, शनिबार
               

सोसिडाडलाई कोपा डेल रेको उपाधि

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

रियल सोसिडाडले सन् २०१९/२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै सोसिडाडले उपाधि जितेको हो ।

सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

त्यहिँ मिकेलको गोल खेलमा निर्णायक बन्यो । यससँगै सोसिडाडले ३४ वर्षपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्न सफल भएको छ ।

सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि समेत हो ।


कस्तो लाग्यो ?

यो पनि