बैशाख २१, २०८१, शुक्रबार
               

त्रिदेशीय फुटबल कपका विजेतालाई जनही चार लाख दिने मन्त्रिपरिषदको निर्णय

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको हो । 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले गोल  गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।

यो पनि