जेठ ०५, २०८१, शनिबार
               

विश्वकप छनोटमा जर्मनी पराजित

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

फिफा विश्वकप छनोटमा जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २–१ गोलअन्तरले पराजित भएकाे छ ।

डुइसवर्गमा बुधबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोरान पान्डेभले इनिस बार्धीको पासमा गोल गर्दै नर्थ म्यासेडोनियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

६३औं मिनेटमा इल्केए गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै जर्मनीलाई २–१ ले स्तब्ध पारे ।


कस्तो लाग्यो ?

यो पनि