जेठ ०५, २०८१, शनिबार
               

विश्वकप छनोटमा डेनमार्क र अर्मेनियाको जित

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

फिफा विश्वकप छनोटमा डेनमार्क र अर्मेनियाले जित दर्ता गर्दै अग्रता सुधार गरेका छन् ।

समूह ‘एफ’मा रहेकाे डेनमार्कले अष्ट्रेलियालाई ४-० ले पराजित गरेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा डेनमार्कले १४ गोल गरिसकेको छ भने कुनै गोल व्यहोरेको छैन । डेनमार्कका लागि आन्द्रेज स्कोभ ओल्सनले ५८औं र ७४औं मिनेटमा गोल गरे । यस्तै जाओकिम माएहेलेले ६३औं रपिएरे एमिल होजवर्गले ६७औं मिनेटमा गोल गरे ।

यस्तै अर्मेनियाले रोमानियालाई ३-२ ले पराजित गर्दै समूह ‘आई’मा लगातार तीन खेल जितेको छ । अर्मेनिया ९ अंकका साथ शीर्षस्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि