जेठ ०५, २०८१, शनिबार
               

इंग्ल्यान्डद्वारा पोल्यान्ड २–१ गोलअन्तरले पराजित

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वकपको युरोपियन छनोट फुटबल खेलमा पोल्यान्ड २–१ गोलअन्तरले पराजित भएको छ । उक्त खेलमा इंग्ल्यान्डले पोल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै तेस्रो जित हासील गरेको हो ।

खेलमा घरेलु टिम इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र ह्यारी म्यागुइरले गोल गरेका थिए । त्यस्तै, पोल्यान्डका जाकुब मोडेरले एक गोल फर्काएका थिए । पहिलो हाफमा एक गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो ।

खेलको १९औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै कप्तान केनले इंग्ल्यान्डलाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको ५८औँ मिनेटमा जाकुबले गोल गरेपछि पोल्यान्डले इंग्ल्यान्डविरुद्ध १–१ गोलको बराबरी बनायो । 


कस्तो लाग्यो ?

यो पनि