जेठ ०५, २०८१, शनिबार
               

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले जनही एक लाख दिने

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । नेपालले सोमबार घरेलु मैदानमा बंगलादेशलाई २-१ ले पराजित गर्दै थ्री नेसन्स कपको च्याम्पियन बनेको हो । जुन ३७ वर्षपछि नेपालले घरेलु भुमिमा उपाधि जितेको हो । नेपालको जितमा सन्जोक राई र विशाल राईले गोल गरेका थिए । सन्जोकले दोस्रो अन्तरास्ट्रिय खेलमा गोल गर्न सफल भएका थिए ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि