जेठ ०५, २०८१, शनिबार
               

थ्री नेसन्स कपको उपाधि नेपाललाई, तोडियो गोलको खडेरी

नेपाल फ्ल्यास
चैत १६, २०७७

नेपालका लागि गोल गर्दै विशाल राई ।
ADVERTISEMENT

थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले चुमेको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ ले पाखा लगाएको हो ।

प्रतियोगिताको पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालले २-० गोलको अग्रता बनाएको छ । तर खेलको ८२औँ मिनेटमा बंगलादेशले एक गोल पर्काएर अन्तर घटाएको थियो ।

नेपालका लागि १८औँ मिनेटमा नेपालका लागि संजोग राईले गोल गरेका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर नेपालका लागि विशाल राईले गोल गरेर गोलअन्तर २-० पुर्‍याएका थिए ।

त्यसपछि नेपालले गोलका लागि केही अवसर पाए पनि त्यो गोलमा परिणत हुन सकेन । पहिलो गोलसँगै दबाबमा परेको बंगलादेशले पनि केही मौकालाई गोलमा परिणत गरेन । खेलको अन्त्यतिर बंगलादेशले धेरै दबाब सिर्जाना गरेको थियो । तर पनि गोल गर्न सकेन । अन्तत: नेपाल २-१ ले विजयी भयो । 

नेपाली राष्ट्रिय टिमले पछिल्ला सातवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसकेर आलोचना खेप्दै आएको थियो । नेपालले गोलको खडेरीको अन्त्यसँगै आज थ्री नेसन्स कपको उपाधिसमेत चुमेको छ ।

प्रतियोगितासँगै नेपाली राष्ट्रिय टोलीबाट विराज महर्जन विदा भएका छन् । खेलको अन्तिम २ मिनेट बाँकी रहँदा विराजलाई मैदानमा उतारिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि