जेठ ०५, २०८१, शनिबार
               

त्रिदेशीय फुटबल : बंगलादेशविरुद्ध नेपाल २-० को अग्रतामा

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

त्रिदेशीय कप फुटबल प्रतियोगिताको पहिलो हाफको अन्तिमसम्ममा बंगलादेशविरुद्ध नेपालले २-० गोलको अग्रता बनाएको छ ।

घरेलु मैदान दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा नेपालका लागि संजोग राईले गोल गरेका हुन् । त्यस्तै पहिलो हाफको अन्त्यतिर नेपालका लागि विशाल राईले दोस्रो गोल गरेका हुन् ।

नेपाली राष्ट्रिय टिमले पछिल्ला सातवटा अन्तराष्ट्रिय प्रतियोगितामा गोल गर्न सकेको थिएन । त्यो गोलको खडेरी आज तोडिएको छ ।

प्रतियोगिताको पहिलो हाफमा अग्रता बनाएको नेपालले केही सुन्दर प्रयास गरेको थियो । खेल प्रतिपर्धात्मक रहे पनि पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध दबाब सिर्जना भने गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि