जेठ ०५, २०८१, शनिबार
               

विश्वकप छनौट : स्वीट्जरल्यान्ड, इटाली र जर्मनी विजयी

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

स्वीट्जरल्यान्ड, इटाली र जर्मनीले कतार विश्वकप २०२२ को युरोपियन छनौटमा जित दर्ता गरेका छन् । समूह ‘जे’ को खेलमा जर्मनीले रोमानियामाथि १–० को झिनो जित निकालेको छ । जर्मनीको जितमा १७औं मिनेटमा सज जिनाब्रीले गरेको गोल नै निर्णायक बन्यो ।

त्यस्तै सोफिया बुल्गेरियामा आइतबार राति भएको खेलमा इटालीले बुल्गेरियालाई उसकै मैदानमा २–० को सहज जित हात पारेको छ ।  खेलकाे ४३औं मिनेटमा एन्ड्रिया बेलोट्टीले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ८२औं मिनेटमा म्यानुयल लोकाटेल्लीले लोरेन्जो इन्सिग्नेको पासमा गोल गर्दै इटालीलाई २–० को सहज जित दिलाए ।

समूह ‘सी’ को अर्काे खेलमा स्वीट्जरल्यान्डले लिथुआनियालाई १–० ले पराजित गरेको छ । स्वीट्जरल्यान्डको जितमा जद्रान शाकिरीले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 


कस्तो लाग्यो ?

यो पनि