जेठ ०५, २०८१, शनिबार
               

त्रिदेशीय फुटबल : गोलको खडेरी तोड्दै उपाधि चुम्ने नेपालको लक्ष्य

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिदेशीय कप फुटबल (थ्री नेसन्स) को उपाधिका लागि आज फाइनल नेपाल र बंगलादेश भिड्दै छन् । दशरथ रङ्गशालामा नेपाल र बंगलादेशबीच बेलुका साढे ५ बजे खेल हुनेछ ।

फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्नु नै आफ्नो लक्ष्य उपाधि भएको बताए ।

तर नेपाल भने आफ्ना पछिल्ला सातवटा अन्तर्राष्ट्रिय खेलमा गोल गर्नबाट चुकेको छ । यो परिस्थितिमा फिनिसिङ र विपक्षीको जाली चुम्नु नै नेपालका लागि कठीहन हुने छ । प्रशिक्षक महर्जनले भने सोमबारको खेलमा नेपालले गोल गरेर उपाधि पनि जित्ने दाबी गरेका छन् ।

नेपाल लिग चरणको दुबै खेलमा गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको हो । नेपालले चैत १२ गते कीर्गिस्तानको यू–२३ टीम र चैत १४ गते बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

बंगलादेशसँग हराउन नसके पनि बराबरीमा रोकिसकेको कारण फाइनलमा नेपाली टिमको आत्मबल उच्च हुने अपेक्षा दर्शकले गरेका छन् ।

नेपालले विश्वकप छनोटअन्तर्गत सन् २०१९ को सेप्टेम्बरमा भएको खेलमा दुई गोलको जित निकालेको थियो। त्यसयता नेपालले १४ गोल खाइसकेको छ । तर जवाफमा एक गोल पनि फर्काउन सकेको छैन ।

बंगलादेशविरुद्धको सोमबार खेलमा केही खेलाडी परिवर्तन गर्ने योजनामा प्रशिक्षक महर्जन छन् । उनको त्यो रणनीति नेपालका लागि कतिको फलदायी बन्ने हो त्यो त खेलपछि नै थाहा हुने छ । यता नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि आफ्नो कप्तानीमा टिमलाई जित दिलाउनका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

बंगलादेशका कप्तान जेम्स डेले उपाधि जित्नु नै आफ्नो लक्ष्य भएको जनाएका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि