जेठ ०५, २०८१, शनिबार
               

बेल्जियम बराबरीमा रोकियो

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति सम्पन्न खेलमा बेल्जियम चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा रोकिएको हो । चेक रिपब्लिकको मैदानमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको हो ।

खेलको ५० औं मिनेटमा चेक रिपब्लिकका लुकास प्रोभोडले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर खेलकाे ६० औं मिनेटमा लुकाकुले गोल गर्दै अंक बाडेका हुन् । 

यस बराबरीसँगै चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक समूह 'ई' शीर्ष स्थानमा रहेको छ । बेल्जियम ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि