जेठ ०५, २०८१, शनिबार
               

एक गोल पनि नगरेकाे नेपाल फाइनलमा

नेपाल फ्ल्यास
चैत १४, २०७७

ADVERTISEMENT

थ्री नेसन्स कप फुटबलमा नेपालकाे गोल स्काेर शून्य रहे पनि फाइनलमा पुगेको छ । बंगलादेशसँग बराबरी खेल्दै नेपालले फाइनलमा पनि बंगलादेशसँगै भेट पक्का गरेकाे छ । 

पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो । नेपाल बंगलादेशविरुद्धका लगातार पछिल्ला तीन खेलमा पनि गोल गर्न असफल रहेको छ । नेपालले किर्गिस्तान यू-२३ टिमविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।

खेलको २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर पोस्टको माथिबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । २४औं मिनेटमा त्रिदेव गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३७औं मिनेटमा फ्रिकिकबाट आएको बललाई बंगलादेशका खेलाडीले हेडरलाई रोहित चन्दले क्लियर गर्दै नेपालको संकट टारे । ४०औं मिनेटमा कप्तान जमल भुयाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा बंगलादेश अग्रता लिनबाट चुक्यो । ५४औं मिनेटमा जमल भुयाको फ्रिकिकलाई नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै बचाए । ५९औं मिनेटमा सुनिल बलको पासमा अन्जन विष्टको फितलो प्रहारलाई बंगलादेशका गोलरक्षक मोहम्मद साहिदुल आलमले सहजै नियन्त्रणमा लिए ।

६४औं मिनेटमा सुनिल बलको क्रस पासमा त्रिदेव गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहारले पोस्टको गति लिन सकेन । ६५औं मिनेटमा रन्जित धिमालको क्रसमा अभिषेक रिजालको हेडर बाहिरिदा नेपालले अग्रता लिन सकेन । ८२औं मिनेटमा दिनेश राजवंशीको थ्रु बलमा दर्शन गुरुङको हेडर क्रसबारमा लागेर बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफमा बिशाल राई र सुनिल बल मैदान प्रवेश गरेपछि नेपालले बल पोसेसनमा थप पकड बनाउदै आक्रमण बुने पनि फिनिसिङ चुक्दा नेपाल जितबाट वञ्चित बन्यो । नेपालका डिफेन्डर रोहित चन्द खेलको म्यान अफ दि म्याच घोषित भए । 

अहिलेको नतिजापछि नेपाल दुई अंकमा दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । बंगलादेश भने चार अंकमा शीर्ष स्थानमा रह्यो र यसले यसअघि नै फाइनल यात्रा तय गरिसकेको थियो । उसले पहिलो खेलमा किर्गिस्तानलाई हराएको थियो । किर्गिस्तान भने दुई खेलबाट एक अंकमै सीमित रह्यो र प्रतियोगिताका तीन टिममध्ये अन्तिम स्थानमा रहेर बाहिरियो ।


कस्तो लाग्यो ?

यो पनि