जेठ ०५, २०८१, शनिबार
               

विश्वकप छनोटमा जर्मनी विजयी

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

फिफा विश्वकप फुटबल छनोटअन्तर्गत युरोपियन मुलुकको खेलमा जर्मनीले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो ।

सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २-० को बनाए । त्यसपछि खेलको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३-० को जित दिलाए । जितसँगै समूह 'जे' को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।


कस्तो लाग्यो ?

यो पनि