जेठ ०५, २०८१, शनिबार
               

स्पेन र ग्रिसबीचको खेल बराबरीमा रोकियो

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटको पहिलो खेलमा स्पेन बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा स्पेन ग्रिससँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन बराबरीमा रोकिएको हो ।

खेलको ३३ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, खेलको ५७ औं मिनेटमा अनास्टासिओस बाकासेटासले पेनाल्टीमा गोल गर्दै ग्रिसलाई हारबाट जोगाए ।

यस बराबरीसँगै समूह 'बी' को स्पेन र ग्रिसले एक एक अंक जोडेका छन् ।


कस्तो लाग्यो ?

यो पनि