जेठ ०५, २०८१, शनिबार
               

नेपाल-कीगिस्तानबीचको खेल बराबरीमा टुंगियो

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले कीर्गिस्तानको यु-२३ टिमसँग बराबरी खेलेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नौ खेलाडीमा झरेको नेपालले सुरुवातदेखि अन्तिमसम्ममा करिब एकदर्जन प्रहार गरे पनि गोल हुन नसक्दा खेल बराबरी भएको हो । खेलको चौथो मिनेटमा नै तेज तामाङको क्रसमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको हेडरको प्रयास फ्रेमनजिकबाट बाहिरिएको थियो । 

आठौँ मिनेटमा सञ्जोग राईको कर्नरमा दिनेश राजवंशीले डिबक्समा खालि पोजिसनमा रहेको अवस्थामा बललाई कनेक्ट गर्न सकेनन् ।
१० औँ मिनेटमा रोहित चन्दको कर्नरमा अनन्त: तामाङको हेड फ्रेमको नजिकैबाट बाहिरीयो । १४ औँ मिनेटमा अञ्जन विष्टको डिबक्सभित्रबाट गरेको प्रहार पोलमा लागेर फर्किन पुग्यो । जसका कारण नेपाली दर्शक चुकचुकाउन पुगे ।

२२ औँ मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रहार हावामा बाहिरीयो । २९ औँ मिनेटमा सञ्जोक राईंले डिबक्समा मिलाएको बललाई अभिशेख रिजालको उत्कृष्ट प्रहार बाहिरिएको थियो ।

३१ औँ मिनेटमा रजिन धिमालको फ्रिकिकमा अञ्जन विष्टको हेडर किर्गिज टिमका गोलकिपरले बचाए । ३४ औँ मिनेटमा रवि पासवानको क्रसमा अञ्जन विष्टले गरेको प्रहार फ्रेमको नजिकैबाट बाहिरियो ।

४३ औँ मिनेटमा कीर्गिस्तानको टिमको टिमको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले पन्च गरेर बचाए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५०औँ मिनेटमा त्रिदेवको कर्नरमा अनन्त तामाङको हेडको प्रयासलाई कीर्गिस्तानका गोलकिपरले बचाएका थिए ।

५६ औँ मिनेटमा दिनेश राजवंशीको क्रसमा अञ्जनले गरेको हेडको प्रयासलाई किर्गिजका गोलकिपर आर्थेमले सहजै बचाए । ६३ औँ मिनेटमा रञ्जित धिमालको फ्रिकिकमा फेरी एकपटक अञ्जन विष्ट चुक्न पुगे । उनले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

६७ औँ मिनेटमा कीर्गिस्तान १० खेलाडीमा झर्न पुग्यो । उसका कप्तान तासिन कामोलोदिन दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए । उनले अभिशेख रिजाललाई फल गरेका थिए ।

७२ औँ मिनेटमा डिफेन्डर र गोलकिपरविच राम्रो तालमेल हुन नसक्दा नेपाल आत्मघाती गोल खानबाट बच्यो । गोलकिपर किरणले बललाई गोललाइनबाट बचाए । त्यसको दोस्रो मिनेटमा सुजल श्रेष्ठले निकै उत्कृष्ट मौका गुमाएका थिए ।त्यसपछि पनि नेपालले चार वटा राम्रा मौका पाए पनि गोल गर्न सकेन । जसका कारण नेपालले गोलरहित बराबरी खेल्न बाध्य भयो । त्यसाे त पूरै खेलमा कीर्गिस्तानका गाेलकिपर आर्थेमकाे प्रदर्शन उत्कृष्ट रह्याे । उनले नेपालका हरेक प्रयासलाइ विफल  बनाए ।

खेलकाे अन्तिममा रवि पासवानकाे हेडकाे प्रयासलाइ पनि कीर्गिस्तानका गाेलकिपर आर्थेमले बचाए । नेपालले अन्तिममा नाै खेलाडीकाे फाइदा लिन सकेन ।

यो बराबरीपछि कीर्गिस्तानको फाइनलमा पुग्ने संभावना जिवितै रहेको छ । अब नेपालले शनिबार बंगलादेशसँग खेल्नेछ । यदि सो खेलमा नेपाल बराबरी वा विजयी भएमा फाइनलमा पुग्नेछ । पराजित भएको खण्डमा गोल अन्तरबाट फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।


कस्तो लाग्यो ?

यो पनि