जेठ ०५, २०८१, शनिबार
               

नेपालले आज किर्गीस्तानसँग खेल्दै

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

थ्री नेसन्स अन्तर्राष्ट्रिय कप फुटबलको आफ्नो पहिलो खेलमा आज नेपालले बलियो टोली किर्गीस्तानसँग खेल्दैछ । बंगलादेश समेत सहभागी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल किर्गीस्तानको ओलम्पिक टोलीसँग खेल्न लागेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । फिफा वरियतामा नेपालभन्दा ७५ स्थान माथि रहेको किर्गीस्तान नेपाललाई हराउँदै फाईनल प्रबेशको संभावना कायम राख्ने योजनामा हुनेछ । पहिलो खेलमा बंगलादेशसँग १–० को अप्रत्यासीत हार भोगेको किर्गीस्तानलाई आफ्नो साख जोगाउन नेपालविरुद्धको खेल महत्वपूर्ण छ । ६ बर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको नेपाल पनि किर्गीस्तानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

विश्वकप छनोटको खेलको तयारीमा समेत रहेको नेपाल घरेलु मैदान र दर्शकको फाईदा उठाउँदै बलियो टोलीलाई हराउन चाहन्छ । किर्गीस्तानलाई हराउन सके नेपालले एक खेल अगावै प्रतियोगिताको फाईनलमा स्थान बनाउने छ । त्यस्तै बंगलादेशले पनि नेपालसँगको खेल अघिनै उपाधि यात्रा तय गर्नेछ ।

लामो समयदेखि आन्तरिक प्रशिक्षणमा रहेको नेपाली टोली किरण चेम्जोङको कमानीमा मैदान उत्रनेछ । आसन्न विश्वकप छनोटका तीन खेलका लागि पनि टोलीको मनोबलमा यो खेलले प्रभाव पार्नेछ ।


कस्तो लाग्यो ?

यो पनि