जेठ ०५, २०८१, शनिबार
               

स्पेनिस ला लिगामा रियलको सहज जित

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमाथि उसकै मैदानमा पराजित गरेकाे छ । एवान्का बलाइडोसमा शनिबार राति भएको खेलमा रियलले खेलको २०औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो ।

३०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ४०औं मिनेटमा सेल्टाका सान्टी मिनाले गोल गरेपछि पहिलो हाफमा २–१ को अवस्थामा पुगेको थियो । 

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सब्सिच्युट एसेन्सियोले गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए । जितपछि दोस्रो स्थानमा उक्लिएको रियलको २८ खेलबाट ६० अंक पुगेको छ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको २७ खेलबाट ६३ अंक छ । 


कस्तो लाग्यो ?

यो पनि