जेठ ०५, २०८१, शनिबार
               

बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा एफबी स्टुटगार्टमाथि सानदार जित निकालेको छ ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली खेलको १२औं मिनेटमा १० खेलाडीमा समेटिए पनि सानदार जित दर्ता गरेकाे हाे । अलफन्सो डाभिस सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

१८औं मिनेटमा सर्ज जिनाब्रीको पासमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । २२औं मिनेटमा लिरोए सानेको पासमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । लगत्तै २३औं मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए ।

३९औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दा बायर्नले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लिन सफल भयो । दोस्रो हाफमा पनि बायर्नले बल पोसेसन राखे पनि थप गोल निस्कन नसक्दा पहिलो हाफमो चार गोल नै बायर्नको जितमा पर्याप्त बन्यो । 

जितपछि शीर्षस्थानमा रहेको बायर्नको २६ खेलबाट ६१ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ५७ अंक छ । 


कस्तो लाग्यो ?

यो पनि