बैशाख २३, २०८१, आइतबार
               

‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा ओसिस क्लब र स्वयम्भु क्लबीच प्रतिस्पर्धा हुँदै छ ।

लतिलपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे सुरु हुने खेलमा खालीबारी र समाज कल्याणबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ए’ मा रहेका दुवै टोली आज लगातार दोस्रो जित निकाल्ने योजनामा छन् । पहिलो खेलमा खालीबारीले झापा एफसीलाई हराएको थियो भने समाल कल्याणले सानो गौचरण युथ क्लबलाई पराजित गरेको थियो ।

यस्तै आज दिउँसो साढे ३ बजे हुने अर्को खेलमा ओसिस क्लब र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि