बैशाख २२, २०८१, शनिबार
               

रियल युइएफए च्याम्पियन्सको क्वाटरफाइनलमा

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खोस्राे लिगमा विजयी हुँदै क्वाटरफाइनलमा स्थान बनाएकाे हाे ।

पहिलो लेगमा रियल १–० को जित निकालेको थियो । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको दोस्राे लेगमा रियलले एटलान्टामाथि ३-१ काे जित दर्ता गरेकाे हाे ।

खेलको ३४औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्ता दिलाए । ६०औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

८३औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै एटलान्टालाई खेलमा फर्कने संकेत दिए । तर मैदन प्रवेश गरेको चार मिनेटमै सब्सिच्युट मार्काे एसेन्सियोले गोल गर्दै दोस्रो लेगमा रियललाई ३–१ को सहज जित दिलाए ।


कस्तो लाग्यो ?

यो पनि