बैशाख २३, २०८१, आइतबार
               

नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट लिग सुरु

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

नेपालगन्जमा एन्फा प्रेसिडेन्ट लिग फुटबल सोमबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता सात प्रदेशका लिग च्याम्पियन सात वटै टोलीको सहभागिता रहनेछ ।

प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशको धादिङ समाज, गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशको धम्बोझी युवा क्लब बाँके,कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि