बैशाख २२, २०८१, शनिबार
               

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

वेस्टह्यामका क्रेइग डावासनले आत्मघाती गोल  गर्दा युनाइटेडको जित निस्चित भएकाे हाे । जितपछि युनाइटेडले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ ।

युनाइटेडको २९ खेलबाट ५७ अंक पुगेको छ । एक खेल बढी खेलेको म्यानचेस्टर सिटीको ७१ अंक छ । पराजित वेस्टह्याम ४८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि