बैशाख २२, २०८१, शनिबार
               

आफ्नै कीर्तिमान तोड्ने रोनाल्डोलाई पेलेकाे बधाई

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गर्दा रोनाल्डोले किर्तिमान समेत बनाएकाे छ ।

रोनाल्डोले आधिकारिक खेलमा ७७० गोल पूरा  गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७६७ गोल रहेको छ । उनलाई पेलेले पनि बधाई दिएका छन् । पेलेकाे बधाईमाे रोनानल्डोले पनि पेलेप्रति सधैं आफ्नो सम्मान रहने बताएका छन् ।

काग्लियारीको मैदानमा भएकाे खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ३२ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पहिलो हाफमा युभेन्ट्स ३-० ले अघि रह्यो ।

यस्तै खेलको ६१ औं मिनेटमा जियोभानीले एक गोल फर्काएपनि युभेन्ट्स ३-१ ले विजयी भयो । यस जितसँगै युभेन्ट्सले २६ खेलमा ५५ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि