जेठ ०५, २०८१, शनिबार
               

'सी' डिभिजन लिग आजदेखि सुरु

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । शहीद स्मारक 'सी' डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'सी' लिग आजबाट एन्फा कम्प्लेक्समा सुरु हुने जनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । खालीबारी र झापाबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।

दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । ओसिस र चर्चबीचको खेल ३:३० बजे सुरु हुनेछ ।

आगामी चैत २४ गतेसम्म संचालन हुने १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि