जेठ ०५, २०८१, शनिबार
               

रियलको पूनरागमन जित

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

स्पेनिस ला लिगामा रियल म्याड्रिडले इल्चेमाथि पूनरागमन जित दर्ता गरेकाे छ । फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले २–१ गोल अन्तरले जितेकाे हाे । 

खेलको ६१ औं मिनेटमा डानी काल्भोले हेडरमार्फत गोल गरेपछि रियल १ गोलले पछि परेको थियो । एक गोलले पछि परेको रियलले  ७३औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्जेमाले उत्कृष्ट फिनिस गर्दै रियललाई २–१ को पूनरागमन जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलको २७ खेलबाट ५७ अंक पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि