बैशाख २४, २०८१, सोमबार
               

युरोपा लिगमा आर्सनलको सानदार जित

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

युरोपा लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आर्सनलले सानदार जित दर्ता गरेकाे छ । बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

ओलम्पियाकोसको मैदानमा भएकाे खेलकाे ३४ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफ एक गोलकाे अग्रता लिएकाे खेलकाे ५८ औं मिनेटमा युसुफले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

८० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा मोहमदले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए । जितसँगै आर्सनलको अन्तिम आठको सम्भावना बलियो बनेको छ । आर्सनलले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।


कस्तो लाग्यो ?

यो पनि