जेठ ०५, २०८१, शनिबार
               

युरोपा लिगमा टोटेनह्याम विजयी

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

इंग्लिस क्लब टोटेनह्याम हटस्परले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा  डिनामो जाग्रिवलाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदान टोटेनह्याम हटस्पर स्टेडियममा बिहीबार राति भएको खेलको २५औं मिनेटमा केनले इरिक लमेलाको पासमा गोल गर्दै टोटेनह्यामलाई १–० ले अघि बढाए ।

७०औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै टोटेनह्यामलाई २–० को जित दिलाए । जितसँगै टोटेनह्यामले युरोपा लिगको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । 

दोस्रो लेगमा यही नतिजा कायम राख्न सके टोटेनह्याम अन्तिम आठमा प्रवेश गर्नेछ । दोस्रो लेग डिनामोको मैदानमा १८ मार्चमा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि