जेठ ०५, २०८१, शनिबार
               

पारसले गरे शतक प्रहार

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । पारस खड्काले काठमाडौं मेयर्स कपमा शतक प्रहार गरेका छन् । 

बागमती प्रदशेका अलराउण्डर पारस खड्काले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोड्दै शतक प्रहार गरेका हुन् । 

१३३ बलको सामना गरेका उनले सोमपाल कामीको बलमा आउट हुनुअघि ११ चौका र दुई छक्का हानेका थिए ।

पारसको शतकसँगै बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको छ । उसका लागि नन्दन यादवले अविजित ४२ रन जोडे भने इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बाँस्कोटाले १२ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् । आर्मीका सोमपाल कामी एक्लैले ५ विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि