जेठ ०५, २०८१, शनिबार
               

बार्सिलोनालाई हराउँदै पीएसजी क्वाटरफाइनलमा

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

बार्सिलोना  च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग समग्रमा ५-२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।

बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १-१ गोलको बराबरी खेलेको थियो । तर, पहिलो लेगमा व्यहोरेको ४-१ गोलको हारको कारण बार्सिलोनाको यात्रा अन्तिम १६ मै टुंगिएको हो ।

पीएसजी भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीले केलियन एमबाप्पेको पेनाल्टी गोलबाट ३१ औं मिनेटमा अग्रता बनाएको थियो ।

तर, खेलको ३७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए । दोस्राे लेगमा बराबरी खेले पनि पहिलो लेगकाे हारका कारण बार्सिलोना खेलबाट बाहिरिएकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि