जेठ ०२, २०८१, बुधबार
               

पुल्चोक क्लब सी डिभिजनमा घटुवा

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । पुल्चोक स्पोर्टस् क्लब सी डिभिजनमा घटुवा भएको छ । बुधबारको शहीद स्मारक बी डिभिजन लिगको खेलमा नयाँबस्ती युवा क्लबलाई २–१ गोल नतिजा सुम्पदै पुल्चोक सी डिभिजन घटुवा भएको हो ।

जारी प्रतियोगितामा १० खेल खेल्दा पुल्चोकले एक जितमात्र निकाल्न सकेको छ । उसले सात खेल हार्दा दुई खेल बराबरीमा सकिएको थियो । प्रतियोगितामा उसले १४ गोल गर्दा २० गोल खाएको छ । प्रतियोगितामा उसले पाँच अंक मात्र जोडन सकेको छ ।

अंक तालीकामा पुल्चोकभन्दा गोल अन्तरमा झम्सिखेल पछाडि थियो । बी डिभिजनमा रहिरहन पुल्चोकसामु नयाँ बस्तीलाई हराउनुपनै पर्ने थियो । तर उल्टो नतिजा गुमाउन पुग्यो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १९औं मिनेटमा अशोक तामाङको गोलसँगै नयाँबस्तीले अग्रता लिएको थियो ।

शिरब लो तामाङले ५८औं मिनेटमा गरेको गोलसँगै खेलमा फर्किएको पुल्चोकले ६३औं मिनेटमा पुनः गोल खान पुग्यो । नयाँबस्तीका लागि विवेक गुरुङले गरेको गोल निर्णायक बन्न पुग्यो ।


कस्तो लाग्यो ?

यो पनि