जेठ ०१, २०८१, मंगलबार
               

सेभियालाई हराउँदै डर्टमण्ड क्वाटरफाइनलमा

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा स्पेनिस क्लब सेभियासँग २-२ को बराबरीमा रोकिए पनि समग्रमा ५-४ को जित निकाल्दै डर्टमण्ड क्वाटरफाइनलमा पुगेको हो ।पहिलो लेगमा डर्टमण्डले सेभियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । 

दोस्रो लिगको ३५ औं मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा हालाण्डले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

तर, दुई गोलले पछि परेको सेभियाले पुनरागमन गर्यो । खेलको ६९ औं मिनेटमा युसुफ एन नासरीले पेनाल्टीमा गोल गर्दै सेभियालाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-२ को बराबरीमा फर्काएका थिए ।


कस्तो लाग्यो ?

यो पनि