जेठ ०१, २०८१, मंगलबार
               

युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

इटालियन च्याम्पियन्स क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार भएको दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरे पनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय गर्न सकेन ।

मंगलबार अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो । त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो ‌। समग्रमा ४-४ को बराबरी भए पनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि अघि बढेको हो । 

युभेन्टसको मैदानमा रोमान्चक बनेको खेलको १९ औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। तर, खेलको ४९ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई १-१ को बराबरीमा ल्याए ‌।

खेलको ५४ औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटियो । उसका मेहेदि टेरेमी दुई पहेलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए

खेलको ६३ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए । किएजाको गोलसँगै खेल समग्रमा ३-३ को बराबरीमा पुग्यो । त्यसपछि निर्धारित समयसम्म थप गोल नहुदा खेल अतिरिक्त समयमा गयो ।

अतिरिक्त समयको १ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टो २-२ बराबरीमा ल्याए । त्यसपछि खेलको ११७ औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३-२ को जित दिलाए ।

यससँगै युभेन्टस अवे गोलको आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको हाे ।


कस्तो लाग्यो ?

यो पनि