बैशाख २३, २०८१, आइतबार
               

बार्सिलोनाको अध्यक्षमा लापोर्टा विजयी

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

यस अघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष रहेका थिए । निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए । अध्यक्षका प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । मेस्सीले पनि लापोर्टालाई चुनेका थिए ।


कस्तो लाग्यो ?

यो पनि