जेठ ०२, २०८१, बुधबार
               

बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले उत्कृष्ट जित निकालेको छ । गएराति सम्पन्न खेलमा बायर्नले बोरुसिया डर्टमण्डविरुद्ध ४-२ गोल अन्तरको जित निकालेको हो ।

खेलको दोस्रो मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाएका थिए । नवौं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले २-० को अग्रता बनायो ।

दुई गोलले पछि परेकाे अवस्थामा बार्यनले उत्कृष्ट पुनरागमण गर्दै खेलको २६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ४४ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । खेलको ८८ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दो बायर्नलाई ४-२ को जित दिलाए ।


कस्तो लाग्यो ?

यो पनि